काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेका छन् । केसीले शुक्रबार वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै दुवै जनाले औठी लगाएको तस्बिर सर्वजनिक गरेका हुन् ।
राजधानीको एक होटलमा नजिकका साथीहरूको सीमित उपस्थितिमा सादगीपूर्ण तर आत्मीय वातावरणमा सम्पन्न कार्यक्रममा उनीहरूले एक–अर्काप्रति विश्वास, समझदारी र साथलाई जीवनको नयाँ यात्रामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमा करण र वर्षाको प्रेमको चर्चा हुने गरेको थियो । दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चलेपनि औपचारिक रूपमा उनीहरुले यसको पुष्टि यसअघि गरेका थिएनन् । वर्षा मोडेल तथा सिने पत्रकार हुन् ।