काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । निगमका अनुसार नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु ४.१९ डिजेलमा रु ५.०६ ले, र हवाई इन्धनमा प्रति लिटर रु ८.१५ ले घटेर आएको छ ।
त्यस्तै खाना पकाउने एल. पि. ग्याँसमा भने प्रति सिलिण्डर रू १००.३५ ले बढेर आएको निगमले जनाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिले बिहीबार बिहान १२ः०० बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर रु ४ ले, डिजेलरमट्टितेलमा प्रति लिटर रु ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाईएको छ ।