काठमाडौँ । अन्य दलसँगको एकता प्रयास असफल भएपछि उज्यालो नेपाल पार्टी अब समानुपातिक उम्मेदवारको सूची तयार पार्न लागेको छ। उनेपाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, मेयर बालेन शाहको पक्ष र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एकता प्रयास गरेको थियो। पहिलो प्राथमिकतामा काठमाडौँका मेयर बालेन शाहसँगको एकता राखिएको थियो। तर, रास्वपासँगको सहमति नहुँदा र त्रिपक्षीय संवाद पनि सफल नभएपछि उनेपाले आफ्नै सूची अन्तिम रुप दिने निर्णय गरेको हो।
उनेपाका प्रवक्ता डा.राजु थापाले भने, “एकता सम्भव भएन। हामी हाम्रो दलका समानुपातिक उम्मेदवारको नाम टुंग्याउँदैछौं।” उनेपाका एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाबाट ‘राजनीतिक अवमूल्यन’ हुँदा एकता टरेको हो। उनले भने, “सुरुमा ३० प्रतिशत हिस्सेदारी प्रस्ताव थियो, अहिले ५ प्रतिशतमा घटाएर आयो।” निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको नाम पेश गर्ने अन्तिम दिन आज तोकेको छ। दलहरूले ११० उम्मेदवारको सूची बुझाउनुपर्नेछ।