काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको सहमतिपछि लामिछानेले उक्त अभिव्यक्ति सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।
आइतबा बिहान लामिछानेले सामाजिक संजाल फेसबुसमा शाहसँग सहमतिपत्रमा हस्ताक्षर गरेको तस्बिर राखेर लेखेका छन्, 'सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।'
लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ । शाहले रास्वपाको नाम, चुनाव चिह्न र नेतृत्व स्वीकार गरेका छन् भने फागुन २१ मा हुने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने उल्लेख छ ।