काठमाडौँ । पछिल्लो तीन दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ३ दशमलव २७ अङ्कले बढेर २ हजार ५८४ दशमलव ४९ बिन्दुमा पुगेको छ । आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक कारोबार हुँदा कुल रू ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूह बढेका छन् भने विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह घटेका छन् । आज एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ७ दशमलव ०१ प्रतिशतले बढ्दा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५ दशमलव ९७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल नै अगाडि रहेको छ ।