काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभामा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्य तालिका रहेको प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए ।
मुख्यमन्त्री यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् ।