काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३० कम्पनीका १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक कारोबार हुँदा कुल कारोबार रकम ४ अर्ब ७४ करोड ५५ लाख ७७ हजार रुपैयाँ पुगेको छ।
कारोबारका क्रममा बैंकिङ र म्युचुअल फन्ड उपसमूह सामान्य रूपमा बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेका छन्। आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटी होटल लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ६.२६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज कुमारी बैंक लिमिटेड (प्रमोटर) को सबैभन्दा बढी २६ करोड १८ लाख ५५ हजार ९३० रुपैयाँ बराबरको २४ लाख ९३ हजार ८६६ कित्ता शेयर किनबेच भएको छ।