काठमाडौं । नेपाली बजारमा बुुधबार सुनको भाउ आज सामान्य बढेको छ। आज सुनको भाउ मंगलबारको तुलनामा २०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार २०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ।
बुधबार १ हजार रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य घटेसँगै चाँदीको भाउ भने महंगिएको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो। मंगलबार प्रतितोला चाँदी ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।