काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटेपनि चाँदीमा भने वृद्धि भएको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ३ हजार ६ सय रुपैयाँ पुगेको छ। गत बुधबार चाँदीले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड कायम गरेको थियो।