काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ ।
अख्तियारले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा ५५ जना र एक चिनियाँ कम्पनी गरि ५६ लाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सबै प्रतिवादीबाट बढाइएको लागत अनुमान बराबरकै ८ अर्ब ३६ करोड रुपैयाँ विगो माग गरेको छ।
अख्तियारले स्व. पोष्ट बहादुर बोगटी, भीम प्रसाद आचार्य, राम कुमार श्रेष्ठ, डा.रामशरण महत, दिपकचन्द्र अमात्य, लोक बहादुर खत्री, मनरुप शाही, ज्योती अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ्ग शेर्पा, त्रिरत्न मानन्धर, रञ्जनकृष्ण अर्याल, सूर्य प्रसाद आचार्य, सुरेशमान श्रेष्ठ, सुरेश आचार्य, मुक्तिनारायण पौडेल, मदन खरेल, हरि बहादुर खड्का, सुशिल घिमिरे, रतिश चन्द्रलाल सुमन, डा.रामकृष्ण तिमिल्सिना, डा. पुरुषोत्तम डंगोल, विनोदानन्द चौधरी, सुमन कुमार श्रेष्ठ, रोशन चित्रकार, ऋषिकेश शर्मा, नारायण गिरी, महेश कुमार बस्नेत, बाबुराम पौडेल, अशोक कुमार सुवेदी, मुरारी भण्डारी, सुवर्णराज उपाध्याय, कुल प्रसाद सिंखडा, हंसराज पाण्डेय, प्रदीप अधिकारी, प्रतापबाबु तिवारी, पुण्यराज शाक्य, रुद्र प्रसाद फुयाल, रामचन्द्र सुवेदी, मुकुन्द प्रसाद भण्डारी, ध्रुबदास भोछिभोया, गंगा सागर मान श्रेष्ठ, द्वारिका प्रसाद भट्टराई, प्रा. डा. रबिन्द्रनाथ श्रेष्ठ, उप- प्राध्यापक सन्तोष कुमार श्रेष्ठ, उप-प्राध्यापक सूर्य ज्ञवाली, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, मोहनकृष्ण सापकोटा, मधुकुमार मरासिनी, लाल बहादुर खत्री, प्रेम उपाध्याय, कमल कुमार भट्टराई र चायना सीएएमसी इन्जिनियरिङ र सोका मुख्य भई काम गर्ने व्यक्ति चियरम्यान वाङ बो र रिजनल जेनरल म्यानेजर लि सेङचेङ विरुद्ध मुद्दा दायर गरेको हो ।