आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ४ तारिख । मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि । उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही, ज्यापु दिवस ।
मेष : दिन सहज छ । शिक्षामा गरेको मिहिनेत सफल हुनेछ । परीक्षाको नतिजा राम्रो आउने छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।
वृष : धन प्राप्त हुने योग छ । व्यापार र व्यवसायमा सन्तुष्टि मिल्नेछ । दाम्पत्य जीवन सुखद् रहनेछ । प्रेम सम्बन्ध समुधुर बन्नेछ । व्यापारमा फाइदा हुने योग छ । स्वास्थ्यमा सुधार हुनेछ ।
मिथुन : पढाइमा ढिलासुस्ती हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्ने छ ।
कर्कट : मन प्रशन्न हुनेछ । धन प्राप्त हुने योग छ । परिवारबाट सुख मिल्ने छ । उपचारमा भए रोगमाथि विजयी प्राप्त हुनेछ । अनावश्यक खर्च गर्ने बानीबाट टाढा रहनु राम्रो हुनेछ ।
सिंह : दिन सामान्य छ । अचानक मनमा अशान्ति रहनेछ । परिवारको कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ । कडा प्रतिस्पर्धा गर्नु भन्दा समझदारीमा अगाडि बढ्नु राम्रो हुनेछ । विवाद गर्दा घाटा हुनेछ ।
कन्या : मनमा शान्ति मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । नयाँ लुगा लगाउने मौका मिल्नेछ । आफन्तको साथ र सहयोग मिल्नेछ । मनका खराब विचारमाथि विजय प्राप्त गर्ने दिन छ । छोटो दूरीको सहज यात्रा हुनसक्ने योग छ ।
तुला : सञ्चित धन खर्च हुनसक्छ । आफन्तसँगको सम्बन्ध सुमधुर बन्नेछ । व्यक्तिगत काममा अवरोध हुनेछ । संकटको सामना गर्दै अगाडि बढ्नुपर्नेछ । स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ ।
वृश्चिक : दिन सहज छ । आज गरेका काम आफू अनुकुल हुनेछन् । गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ । काममा सफलता हात लाग्नेछ । बिहान पिपलको दर्शन गर्नु फाइदा हुनेछ ।
धनु : अनावश्यक यात्रामा खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । व्यक्तिगत काममा भन्दा परोपकारमा लागेमा समाजमा प्रशंसा हुनेछ ।
मकर : व्यापारमा लाभ हुनेछ । परिवारसँग बसेर रमाउने दिन छ । सन्तानको बाटोबाट खुशी मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुने योग छ ।
कुम्भ : आज मानसम्मान पाउने दिन छ । खानपानमा विशेष ख्याल गरेमा स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ । व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । शिक्षाामा सफलता मिल्नेछ ।
मीन : हरेक काममा गोपनीयता कायम गर्नु राम्रो हुनेछ । कार्यक्षेत्रमा कम बोल्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्ने योग छ ।