काठमाडौं । जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको रवाफिलो जित दर्ता गरेको हो । यसअघि खेलेका ४ वटै खेलमा हार व्यहोर्दा जनकपुरको प्लेअफ खेल्ने सम्भावना झिनो छ ।