काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ५३ हजार ६ सयमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ३५४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।