काठमाडौँ । बुधबार (आज) सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा नौ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ४८ हजार ८ सय पुगेको छ।
महासंघका अनुसार चाँदी पनि तोलामा २० रुपैयाँ बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो (मंगलबार)सुन तोलामा दुई लाख ४७ हजार ९ सयमा कारोबार भएको थियो भने चाँदी ३२ सय रुपैयाँ पुगेको थियो।