काठमाडौँ । सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य सोमबारको तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले बढी हो।
सोमबार छापावाला सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ३२ सय रुपैयाँ पुगेको छ। यो सोमबारको तुलनामा प्रतितोला ८५ रुपैयाँले बढी हो। सोमबार चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।