काठमाडौं । अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको बताए।
सचिव पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो । यसअघि संघले ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ५० र मध्यम अन्डाको ४ सय ३५ रुपैयाँ तोककेो थियो ।
अन्डाको हालको बजार मूल्यले किसानको उत्पादन लागत मात्र उठाउन सक्ने अवस्थामा पुगेको सचिव पोखरेलको भनाइ छ । उनले अवैध भारतीय अन्डा आयातमा कमी र आन्तरिक खपतमा वृद्धिका कारण किसानले राहत महसुस गरेको बताएका छन् ।