काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेकी छन्।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायतका प्रमुख अतिथिहरू उपस्थित थिए। कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो।
आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ गरिरहेको छ। नेपाल क्रिकेट सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्नेछ र यसमा ८ टोली सहभागी छन्।