काठमाडौँ । मंसिर लागेसंगै स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेर प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार एकै दिन ६ हजार नौ सय रूपैयाँ सस्तो भएको सुन सोमबार पाँच सय रूपैयाँले मूल्य बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ। त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ।
सोमबार चाँदी प्रतितोला तीन हजार एक सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको थियो।