काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत युरोपियन छनोटमा पोर्चुगलले आयरल्यान्डसंग घरेलु मैदानमै २-० गोलको पराजय व्यहोरेको छ। यस हारसँगै पोर्चुगलको विश्वकपमा सिधा छनोटको यात्रा अझै एक खेल कुर्नुपर्ने भएको छ।
खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्ड पाएका छन्। खेलको ६० औँ मिनेटमा आयरल्याण्डका डिफेन्डर दारा ओशेलासँगको घटनापछि सुरुमा उनलाई पहेँलो कार्ड देखाइएको थियो, तर भिडियो सहायक रेफ्री (भर) ले यसलाई रातो कार्डमा परिवर्तन गर्यो।
खेलको पहिलो हाफमा आयरल्याण्डका ट्रोई प्यारटले दुई गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। यस जितले आयरल्याण्डको विश्वकप छनोटको आशा जीवित राखेको छ। पोर्चुगल अझै समूह ‘एफ’ मा शीर्ष स्थानमा रहँदै आएको छ। अन्तिम खेलअघि पोर्चुगलको १० अंक छन् भने दोस्रो स्थानको हंगेरीको ८ अंक छ। शीर्ष टोलीले मात्र सिधा विश्वकपमा स्थान पक्का गर्नेछ।
आर्मेनियाविरुद्धको आगामी घरेलु खेलमा रोनाल्डो अनुपस्थित हुनेछन्। निलम्बनको अवधि सम्बन्धी निर्णय अनुशासन समितिले गर्नेछ। यस खेलमा पोर्चुगलका अर्का खेलाडी ब्रुनो फर्नान्डेस पनि निलम्बनका कारण अनुपस्थित थिए।आयरल्याण्डले आइतबार हंगेरीलाई हराएमा प्ले-अफमा स्थान सुरक्षित गर्नेछ। यस जितले १९९५ पछि पोर्चुगलमाथि आयरल्यान्डको पहिलो प्रतिस्पर्धात्मक जित समेत बनेको छ।