काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले राजनीतिक दल खोल्ने वा चुनाव लड्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन् । उनले आफूहरू संविधानको शपथ खाएर आएको र त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज ९बिहीबार० बसेको बैठकमा सांसद किरणबाबु श्रेष्ठले ुगृहमन्त्रीले दल खोल्ने वा चुनाव लड्ने तयारी गरेको हो रुु भनेर प्रश्न गरेका थिए ।
जवाफमा गृहमन्त्री अर्यालले तत्काल प्रतिवाद गर्दै भने, ‘म दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ ।’ बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री अर्यालले आफूहरू संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए । उनले संविधानमा कुनै सुधार आवश्यक भए त्यसको प्रक्रिया पनि संसद्बाटै हुनुपर्नेमा जोड दिए ।
‘जसले अरू कुरा गर्नुहुन्छ, उहाँहरूलाई संविधानको बाटोमा आउन हामीले आग्रह गरेका छौँ,’उनले भने । गृहमन्त्री अर्याल आज समितिमा मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था र सरकारले गरिरहेको निर्वाचनको तयारीबारे जानकारी गराउन उपस्थित भएका थिए ।