काठमाडौं । नेपाली पुरुस फुटबल टोलीलले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । किरण चेम्जोङ्गको कप्तानीमा नेपाली टोलीले आज साँझ पौने ८ बजे बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपालले एसियन कप छनोटअन्तर्गत मलेसियासँग खेल्नुअघि बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो। नेपाल एसियन कप छनोटबाट यसअघि नै बाहिरिइसकेको छ। प्रतियोगितामा दुई खेल खेल्न बाँकी नेपालले हालसम्म छनोटमा चार खेल खेल्दा सबै खेलमा हार व्यहोरेको छ। मैत्रीपूर्ण फुटबल र छनोट खेलका लागि २३ सदस्यीय राष्ट्रिय टोली गत सोमबार बंगलादेश प्रस्थान गरेको थियो।