काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले प्रायोजकको रूपमा क्लाउड एजुकेशन र भिसा सर्भिसेज हेलमेट प्रायोजक रूपमा सम्झौता गरेको छ।
बुधबार जनकपुर बोल्ट्स र क्लाउड एजुकेशनका प्रतिनिधिबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।
पछिल्ला पाँच वर्षदेखि सो एजुकेशनले हजारौं नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया ,यूके, न्युजिल्यान्ड अमेरिका, क्यानडा लगायतका देशहरूमा बिद्यार्थीहरूलाई अध्यनको अवसर प्रदान गरिरहेको छ।
अहिले सो एजुकेशनलेनेपाल, फिलिपिन्स, पाकिस्तान र सिड्नी (अस्ट्रेलिया) सम्म शाखा विस्तार गरि काम गरिरहेको छ ।
