काठमाडौं । पूर्वसचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा कुलमान घिसिङको पार्टी दर्ता हुने भएको छ । तत्कालका लागि उपाध्यायको नेतृत्व रहने भए पनि सरकारबाट हटेपछि घिसिङ पार्टी प्रमुख हुने बताइएको छ ।
पार्टीको दर्ता प्रक्रिया आज टुंगो लगाउने उपाध्यायको भनाइ छ । पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा जाने उपाध्यायले जानकारी दिए । पार्टीको नाम ‘उज्यालो नेपाल’ रहनेछ । चुनाव चिह्न बलिरहेको चिम रहनेछ । यसअघि साउन २७ गते नै यो पार्टी दर्ताका लागि ज्ञानबहादुर तामाङले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले थप विवरण उपलब्ध गराउन भनेको थियो ।