काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ। कात्तिक १९ गतेदेखि ४ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ। सुनको भाउ पछिल्ला ५ दिनदेखि निरन्तर बढ्दै आइरहेको छ र सोमबार चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर ३०६५ रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । पछिल्ला ५ दिनदेखि सुनको भाउ उकालो लागेको छ । कात्तिक १९ गते सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ थियो । त्यसयता मूल्य ४ हजार ३ सय बढिसकेको छ ।
असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ । सोमबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३०६५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।