काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढ्दै २ लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको हो।
आज बिहानैदेखि छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तथापि, आज चाँदीको मूल्य भने केही घटेको छ । अघिल्लो शुक्रबार प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएकोमा आज ५ रुपैयाँले घट्दै ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।