काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ ले पराजित भएको छ । अफगानिस्तानका लागि करिम जनात १० बलमा चार छक्काको मद्दतमा ३५ रन बनाए । गुलबदिन नायबले २२, सिदिकुल्लाह पचले २२ रन बनाए । नेपालका लागि राशिद खानले ह्याट्रिक पूरा गर्दै चार विकेट लिए भने लोकेश बमले एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरे । १४ बलको सामना गर्दा ८ छक्का हिर्काउँदै ५३ रन बनाएका हुन्। अन्य ब्याट्सम्यानले नेपालका लागि उल्लेख्य रन जोड्न सकेनन् । नेपालले पूरै ६ ओभर खेल्दै दुई विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो । सिक्स ओभर प्रचलित यो स्वरुपको क्रिकेटले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ।