काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।
यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँका कारोबार भएको थियो । 
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको हो ।