काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७०० ले बढेको छ भने चाँदी प्रतितोला पाँचले घटेको छ ।
गत शुक्रबार तोलाको दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ। यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।