काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को अक्सन डिसेम्बरको दोस्रो वा तेस्रो सातामा हुने सम्भावना देखिएको छ। फ्रेन्चाइज अधिकारीहरूका अनुसार, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको छलफलपछि डिसेम्बर १३ देखि १५ बीच अक्सन हुने मिति सम्भावित देखिएको समाचार संस्था क्रिकबजले जनाएको छ। यद्यपी, लिगको गभर्निङ काउन्सिलले औपचारिक रूपमा तालिका पक्का गरेको छैन।
यसपटक अक्सन भारतमै हुने सम्भावना बढी छ। अघिल्ला दुई संस्करणमा अक्सन विदेशमा भएको थिषो । सन् २०२३ मा दुबई र २०२४ मा साउदी अरेबियाको जेद्दामा अक्सन भएको थियो। तर यो पटक बीसीसीआईले मिनी अक्सन भारतमै गर्ने तयारी गरिरहेको बताइएको छ। फ्रेन्चाइजहरूले नोभेम्बर १५ भित्र आफ्नो रिटेन्सन सूची (राख्ने र छोड्ने खेलाडीहरू) पठाउनुपर्नेछ। त्यतिबेलासम्ममा टिमहरूले अक्सनअघि छोड्ने खेलाडीहरूको नाम टुंग्याउनेछन्।