काठमाडौं । अरबसागरमा विकसित मौसमी प्रणालीले गएरातिदेखि भइरहेको वर्षारहिमपात बुधबारदेखि रोकिने र विहीबार साँझदेखि बंगालको खाडीको चक्रवातको प्रभावले पुनस् मौसम खराब हुने मौसमविद्ले जनाएका छन् । यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पुर्याएको इलामसहितका जिल्ला उच्च जोखिममा रहेको मौसमविद्को भनाइ छ ।
अरब सागरको प्रणालीको प्रभावले मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व लगायतका जिल्लाका उच्च क्षेत्रमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यकासमेत बादल लागेर धुम्म भएको छ । मौसमविद् उज्जवल उपाध्यायका अनुसार आज रातिसम्म यसको प्रभाव घट्ने र भोलि बुधबार मौसममा सुधार आउने छ ।
‘काठमाडौं लगायतका धेरै भूभागमा बुधबार वर्षा नहुने र केहीबेर घाम लाग्नाले न्यानो अनुभूति हुने,’ उपाध्यायले फेसबुकमा लेखेका छन् । उनका अनुसार बिहीबार बिहान पनि मौसम सफा नै रहने पूर्वानुमान छ । तर हाल बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले विहीबार साँझदेखि बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । यसको प्रभाव गण्डकीको पूर्वी भागमा समेत पर्ने प्रक्षेपण छ ।