काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँका कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा २ हजार रुपैयाँ घटेर २ लाख ३९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
आज फेरि प्रतितोला २ हजार ९०० रुपैयाँ घटेपछि २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला ६० रुपैयाँ घटेर २ हजार ९२० रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।