काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले घटेको छ। तिहारपछि बजार खुलेको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रूपैयाँ घटेर कारोबार भइरहेको थियो।
आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो।
मूल्य वृद्धिले लगातार रेकर्ड बनाइरहँदा मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो। सोमबार चाँदी पनि तोलामा ३५ रूपैयाँले घटेर दुई हजार ९८० रूपैयाँमा कारोबार भइरहेको छ।