काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।शुक्रबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । यससँगै शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।