काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य समेत बढेको छ। बुधवार तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।