काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रेस संयोजकमा पत्रकार राम रावललाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालयले रावललाई प्रेस संयोजक नियुक्त गरेको पुष्टि गरेको छ । २०६० सालबाट पत्रकारिता सुरू गरेका रावलले दृष्टि साप्ताहिक, नेपाल साप्तिाहिक, कान्तिपुर टेलिभिजन, नेपाल खबर लगायतमा काम गरेका थिए ।