काठमाडौं । हमासले आफूसँग २० बन्धक जीवित रहेको पुष्टि गरेको छ । आइतबार हमासले जीवित रहेका २० बन्धकलाई हस्तान्तरण गर्न तयार रहेको बताएको वाल स्ट्रटि जर्नलले जनाएको छ ।
हमासले आइतबार मध्यरातअघि जीवित बन्धकलाई रिहा गर्ने विश्वास गरिएको छ । यसअघि, हमासले सोमबार बिहानसम्म जीवित र मृतक सबै बन्धकलाई रिहा गर्ने बताएको थियो ।
अन्तर्राष्ट्रिय रेड क्रस कमिटीका प्रतिनिधिलाई बन्धक हस्तान्तरणको तयारीका लागि हमासले जीवित बन्धकलाई भेला गर्न थालेको छ बताइएको छ ।