काठमाडौँ । प्रहरीले झापाबाट ५५ राउन्ड एसएलआरको गोली बरामद गरेको छ । झापाको कमल गाउँपालिकाबाट गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी दिपेश कार्कीले बताए ।
सो गोली जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले प्रहरीबाट लुटेको थाहा भएको छ । आइतबार प्रहरीले दमकबाट एउटा ९३०३० राइफल पनि बरामद गरेको छ । सो राइफल इलाका प्रहरी कार्यालय दमकबाट प्रदर्शनकारीले लुटेको डीएसपी कार्कीले जानकारी दिए ।