काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलाको ३ हजार रूपैयाँले वृद्धि भएर २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तोलाको २ लाख ३५ हजार रुपैयाँ थियो ।
चाँदीको भाउ तोलाको ४० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँ पुगेको छ ।