काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो भने चाँदीको मूल्य पनि हालसम्मकै उच्च बनेको हो ।
आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ७० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन तोलाको २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।