काठमाडौं । वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपाल आज दोस्रो खेल खेल्दै छ।
यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।
नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा सन् २०१२ र २०१६ को विश्वकप विजेताविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो ।
नेपाली क्रिकेटकै इतिहासमा टेस्ट राष्ट्रविरुद्धको यो पहिलो जित हो । उक्त जितसँगै तीन शृंखलामा नेपाल १–० ले अघि छ । आजको खेलपछि तेस्रो तथा शृंखलाको अन्तिम खेल मंगलबार हुने तालिका छ ।