काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजको सामना गर्दैछ । नेपालले शनिबार वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार राति सवा ८ बजेपछि यूएईस्थित सारजाह क्रिकेट रगंशालामा हुनेछ। सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ। वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ । ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट हुँदै छ।