काठमाडौं । जेनजीको प्रदर्शनसँगै बन्द भएका सिनेमा हलहरू आजबाट सञ्चालनमा आएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बन्द रहेका देशभरका सिनेमा हल आजदेखि सञ्चालनमा आएका हुन् ।
चलचित्र संघको आइतबार बसेको बैठकले आजबाट सिनेमा हल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । जेनजीको तोडफोड र आगजानीबाट ध्वस्त भएका बाहेकका १६४ वटा सिनेमा हल आजबाट खुला भएका हुन् ।