काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् । आईतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
