काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका सागर ढकाल फेरि डडेलधुरामा घरघर पस्दै जनतामाझ पुग्न थालेका छन् । केही महिना यता ढकाल डडेल्धुराका विभिन्न पालिकामा गई जनतामाझ देखिन थालेका छन् ।
‘टुरिस्ट उम्मेदवार’को ट्याग लाग्ने गरेका ढकाल यति बेला डडेल्धुराका गाउँ–गाउँमा पुगिरहेका छन् । २०७९ सालको चुनाव हारेपछि विपक्षी नभई बिदेसिएको आरोप खेपेका सागर फेरि डडेल्धुराकै जनतामाझ फर्किएर २०८४ को निर्वाचनका लागि आधार निर्माणमा जुटेका हुन्।
२०७९ सालको चुनावमा उनले १३ हजार ४२ मत प्राप्त गरे भने डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै देउवा विजयी भएका थिए ।