काठमाडौं । टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल पाकिस्तान शाहीन्ससँग नेपाल पराजित भएको छ। अष्ट्रेलियाको नर्दन टेरिटोरीमा भएको खेलमा पाकिस्तान शाहीन्सले नेपालमाथि रोमाञ्चक जित निकालेको हो।
टस जितेर सुरुमा ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा आएको नेपालले ७ विकेट क्षतिमा १४३ रन बनाएको हो।
पाकिस्तान शाहीन्ससँग पराजित भएसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि सकिएको छ।