धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
ओल्केकै दिन बुढी हाल्ने चलन पनि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा प्रचलित छ । जंगलबाट रुख काटेर ल्याएर जंगल नजिकैको खुला ठाउँमा गाडेर बुढी हाल्ने गरिन्छ । उक्त बुढी असोज १ गते साँझ जलाइन्छ । यसैबीच, ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।