काठमाडौं । टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको मरारा क्रिकेट मैदान २ मा भएको खेलमा नेपालले बंगलादेश एसँग ३२ रनले पराजित भएको हो।
नेपालका मिडलअर्डर ब्याटर कुशल मल्लको अर्धशतकीय पारीले पनि नेपाललाई हारबाट बचाउन सकेन । बंगलादेश एले दिएको १८७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो ।
नेपालले पहिलो खेलमा नर्थन टेरिटोरि स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। नेपालले तेस्रो खेल सोमबार मेलबोर्न स्टार्ससँग साँझ ७ः१५ मा खेल्नेछ।