धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिए लगत्तै दैवी प्रकोप बाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।
