काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सी नासा सेक्युरिटीजले प्रायोजन गरेको हो ।
नयाँ जर्सीको आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सार्वजनिक गरे ।
जर्सी प्रायोजनसम्बन्धी सम्झौतामा आइतबार नै क्यानका अध्यक्ष चन्द र नासा सेक्युरिटीजका निर्देशक मदन पौडेलबिच हस्ताक्षर भएको छ ।
यसअघि नेपाली क्रिकेट टोलीको प्रायोजकमा केल्मी थियो । जर्सीमा क्यान र नासा सेक्युरिटिजको लोगो राखिएको छ ।