काठमाडौं । ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन् ।
सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे ।
विजेता भएसँगै सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन् । जितपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै सोनालीले मिहेनत सफल भएको भन्दै खुसी व्यक्त गरिन् ।